Welcome to KHUS TV NEWS   Click to listen highlighted text! Welcome to KHUS TV NEWS
E-Paperhttps://khustvnews.com/wp-content/uploads/2024/01/jjujuu.gifUncategorizedअपराधखेलछत्तीसगढ़दिल्ली NCRदेशधर्मनेपालपञ्जाबप्रविधिबिहारमध्य प्रदेशमहाराष्ट्रमुख्य समाचारयुवायूपीराजनीतिराजस्थानराज्यविश्वस्थानीय समाचार
Trending

पशुपति सेवा संस्थाको १०औँ स्थापना दिवस समारोह भव्य तथा ऐतिहासिक रूपमा सम्पन्न

न्यू चण्डीगढ–मोहालीस्थित श्री पञ्चमुखी पशुपतिनाथ शिवालयमा विशेष समारोह, समाजसेवा, मानव सेवा र धार्मिक सेवामा समर्पित संस्थाको १० वर्षे गौरवपूर्ण यात्राको समीक्षा

पशुपति सेवा संस्थाको १०औँ स्थापना दिवस समारोह भव्य तथा ऐतिहासिक रूपमा सम्पन्न न्यू चण्डीगढ–मोहालीस्थित श्री पञ्चमुखी पशुपतिनाथ शिवालयमा विशेष समारोह, समाजसेवा, मानव सेवा र धार्मिक सेवामा समर्पित संस्थाको १० वर्षे गौरवपूर्ण यात्राको समीक्षा

खूस टिभी न्युज न्यू चण्डीगढ/मोहाली | २६ जुलाई २०२६ पशुपति सेवा संस्था (दर्ता प्राप्त) ले आफ्नो १०औँ स्थापना दिवसको अवसरमा न्यू चण्डीगढ, मोहालीस्थित श्री पञ्चमुखी पशुपतिनाथ शिवालयमा आयोजना गरेको भेटघाट तथा शुभकामना आदान–प्रदान समारोह भव्य, सभ्य तथा ऐतिहासिक रूपमा सम्पन्न गरेको छ।भगवान् श्री गणेश तथा भगवान् श्री पशुपतिनाथको पूजा–अर्चना, वैदिक मन्त्रोच्चारण, दीप प्रज्वलन तथा सामूहिक प्रार्थनासँगै सुरु भएको कार्यक्रममा ट्राइसिटीका विभिन्न सामाजिक, धार्मिक तथा सांस्कृतिक संस्थाका प्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी, दानी सज्जन, श्रद्धालु भक्तजन तथा विशिष्ट महानुभावहरूको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रमको अध्यक्षता संस्थाका उपाध्यक्ष श्री विष्णु पुरीले गर्नुभएको थियो भने सञ्चालन संस्थाका महासचिव श्री राम खनालले गर्नुभएको थियो। कार्यक्रममा संस्थाको १० वर्षे गौरवपूर्ण यात्राको समीक्षा गर्दै सन् २०१७ मा स्थापना भएदेखि रक्तदान शिविर, राहत सामग्री वितरण, पीजीआई अस्पतालका बिरामीलाई सहयोग, निःशुल्क भोजन, औषधि, रक्त, ह्वीलचेयर उपलब्ध गराउने, बिरामीलाई नेपालसम्म पुर्‍याउने व्यवस्था, श्मशान सेवा तथा असहाय, गरिब र बेवारिसे व्यक्तिहरूको सेवाजस्ता मानवतावादी कार्यबारे जानकारी गराइएको थियो।

समारोहमा समाजसेवी श्री जागीर सिंहको विशेष योगदानको प्रशंसा गर्दै मन्दिर निर्माणका लागि १४ मरलाभन्दा बढी जग्गा दान गर्नुका साथै पानी, विद्युत् लगायतका आधारभूत पूर्वाधार निर्माणमा पुर्‍याएको सहयोगप्रति संस्थाले हार्दिक कृतज्ञता व्यक्त गरेको छ।संस्थाले मन्दिर निर्माणको चरणबद्ध प्रगतिबारे जानकारी दिँदै २०२२ मा भूमिपूजन, २०२३ मा शिलान्यास, २०२४ मा पर्खाल तथा छाना निर्माण, २०२५ मा प्राणप्रतिष्ठासहित मन्दिर उद्घाटन, २०२६ मा शौचालय निर्माण सम्पन्न भएको तथा २०२७ मा पण्डित कक्ष र कार्यालय भवन उद्घाटन गर्ने लक्ष्य रहेको जनाएको छ कार्यक्रममा विभिन्न सामाजिक, धार्मिक तथा सांस्कृतिक संस्थाका प्रतिनिधि, दानी सज्जन, समाजसेवी, सञ्चारकर्मी तथा मन्दिर निर्माणमा प्रत्यक्ष योगदान पुर्‍याउने ठेकेदार, मिस्त्री, श्रमिक र स्वयंसेवकहरूलाई सम्मान गरिएको थियो। यस अवसरमा नेपाल र भारतको राष्ट्रिय गान सामूहिक रूपमा गाइएको थियो भने वीर शहीद तथा दिवंगत आत्माहरूको सम्झनामा दुई मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो।

समापन समारोहमा संस्थाका उपाध्यक्ष श्री विष्णु पुरीले कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि, दानी, स्वयंसेवक, सदस्य तथा श्रद्धालु भक्तजनप्रति हार्दिक आभार व्यक्त गर्दै समाज सेवा, मानव सेवा, धर्म तथा संस्कृतिको संरक्षणमा आगामी दिनमा पनि सबैको निरन्तर साथ, सहयोग र सहभागिताको अपेक्षा व्यक्त गर्नुभयो। कार्यक्रममा वातावरण संरक्षणको सन्देश दिँदै प्रत्येक व्यक्तिले कम्तीमा एउटा रुख रोप्ने र त्यसको संरक्षण गर्ने संकल्प गर्न सबैमा आह्वान गरिएको थियो। “रुख रोपौँ, प्रकृति जोगाऔँ, भविष्य बचाऔँ” भन्ने प्रेरणादायी सन्देशसहित कार्यक्रम सम्पन्न भएको घोषणा गरिएको छ।अन्त्यमा “हर हर महादेव”, “जय श्री पशुपतिनाथ”, “जय नेपाल” तथा “जय भारत” को जयघोष, सामूहिक प्रसाद वितरण तथा शुभकामना आदान–प्रदानसँगै पशुपति सेवा संस्था (दर्ता प्राप्त) को १०औँ स्थापना दिवस समारोह भव्य तथा ऐतिहासिक रूपमा सम्पन्न भएको घोषणा गरिएको छ।

रिपोर्ट : खुस टिभी न्युज www.khustvnews.com

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Click to listen highlighted text!