Welcome to KHUS TV NEWS   Click to listen highlighted text! Welcome to KHUS TV NEWS
Uncategorized

चण्डीगढमा हरितालिका तीज विशेष सांस्कृतिक कार्यक्रम हुँदै, कलाकार तथा सम्पूर्ण नेपाली समुदायलाई सहभागिताको आह्वान

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, पश्चिम उत्तर क्षेत्र भारत शाखाको आयोजनामा २३ अगस्त २०२६ मा सेक्टर–३४, चण्डीगढमा तीज विशेष कार्यक्रम; कलाकारलाई नाम, HD फोटो र सम्पर्क विवरण पठाउन अनुरोध।

  • समाचार चण्डीगढ खुसटेलिभिजन न्युज राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, पश्चिम उत्तर क्षेत्र भारत शाखा, चण्डीगढको चौथो कार्यसमिति बैठकको निर्णयअनुसार २३ अगस्त २०२६, आइतबार श्री राधा माधव मन्दिर, सेक्टर–३४, चण्डीगढमा हरितालिका तीज विशेष सांस्कृतिक कार्यक्रम तथा कलाकार भेटघाट आयोजना हुने भएको छ।
  • नेपाली कला, संस्कृति,भाषा, भेषभूषा तथा मौलिक लोकदोहोरी परम्पराको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको उक्त कार्यक्रममा भारतका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली लोक तथा दोहोरी कलाकारहरूलाई विशेष प्राथमिकता दिइने आयोजकले जनाएको छ।कार्यक्रममा प्रस्तुति दिन इच्छुक कलाकारहरूले आफ्नो पूरा नाम, HD गुणस्तरको फोटो र सम्पर्क नम्बर यथाशीघ्र उपलब्ध गराउन अनुरोध गरिएको छ। साथै, आफ्नो वरपर रहेका प्रतिभावान कलाकारहरूलाई पनि कार्यक्रममा सहभागी हुन प्रेरित गरी सम्पर्क गराइदिन आयोजकले आग्रह गरेको छ।कार्यक्रमको तयारीमा संस्थाका संरक्षक लक्ष्मण न्यौपाने, संस्था पक्ष अध्यक्ष बाबुराम परियार, निवर्तमान अध्यक्ष ललित गिरी, वर्तमान अध्यक्ष अमर वली, प्रथम उपाध्यक्ष सुमित्रा भुजेल, द्वितीय उपाध्यक्ष गोपाल दर्लामी, महिला उपाध्यक्ष सीता शर्मा, सचिव लालवीर के.सी., महिला सचिव तिर्थी मगर, कोषाध्यक्ष शोभाराम वली, सह–सचिव राजेन्द्र मगर तथा सह–कोषाध्यक्ष गंगा बेलबासे सक्रिय रूपमा जुटिरहनुभएको छ।त्यसैगरी कार्यसमिति सदस्यहरू गोविन्द पौडेल, खुमन सिंह, विष्णु तिवारी, ऋषि अमगाई, रचना थापा, माधव पुन मगर, अशोक अधिकारी, भीम प्रसाद शर्मा, प्रेम जी.एम., सारु केसी, हरिस कुमार, गोपाल कुँवर, जगत खड्का, सुन्धारा भुसाल, देव गौतम तथा मोहिनी आर्याल लगायत सम्पूर्ण सदस्यहरूलाई कार्यक्रमको सफल आयोजनाका लागि आवश्यक समन्वय र सहयोग गर्न अनुरोध गरिएको छ।यसैबीच, शाखाका कोषाध्यक्ष शोभाराम वलीले संस्थाको सदस्य अभिलेख अद्यावधिक गर्ने कार्य जारी रहेकाले सम्पूर्ण सदस्यहरू, विशेषगरी नयाँ सदस्यहरूले आफ्नो पूरा नाम र मोबाइल नम्बर WhatsApp +91 86991 81244 मा यथाशीघ्र पठाइदिन अनुरोध गर्नुभएको छ। यसबाट संस्थाको आधिकारिक अभिलेख व्यवस्थित बनाउन तथा आगामी कार्यक्रमहरूको सूचना आदान–प्रदानलाई प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।आयोजकले सम्पूर्ण नेपाली समुदाय, कलाकार, शुभेच्छुक तथा सांस्कृतिक प्रेमीहरूलाई कार्यक्रममा उपस्थित भई हरितालिका तीज विशेष सांस्कृतिक कार्यक्रमलाई भव्य, सभ्य, मर्यादित र ऐतिहासिक रूपमा सफल बनाउन हार्दिक आह्वान गरेको छ
  • ✍️ समाचार स्रोत: खुस टेलिभिजन न्युज.                                  🌐 वेबसाइट: khustvnews.com.                                  📧 इमेल: khustvnews@gmail.com.                            📱 WhatsApp: +91 86991 81244

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Click to listen highlighted text!